भालुको आक्रमणबाट डोटीमा दुई जना घाइते

भाल्

भावना पाैडेल, डडेलधुरा। भालुको आक्रमणबाट डोटीमा दुई जना घाइते भएका छन्। जिल्लाको आदर्श गाउँपालिका –१ मा जंगली भालुको आक्रमणबाट दुई जना घाइते भएका हुन्।

घाइते हुनेमा आदर्श गाउँपालिका –१ का ८४ वर्षीय रामबहादुर खड्का र उनकी ५ वर्षीया नातिनी सरस्वती खड्का रहेको डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए।

डीएसपी मल्लका अनुसार बिहीबार खेतबारीको काम सकेर घर फर्किँदै गर्दा उनीहरूलाई घर नजिकै भालुले आक्रमण गरेको हो। घाइतेको दिपायलमा रहेको शैलश्वरी अस्पतालमा उपचार भइरहेको र अबस्था सामान्य रहेको घाइतेका आफन्त तिर्थबहादुर खड्काले बताए।

अन्य सम्बन्धित समाचार:  विप्लव समूहका दुई नेता पक्राउ