नेकपाले पठायो प्रधानमन्त्रीलाई संविधानको पुस्तक र विरोधपत्र

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको पुस्तक र विरोध पत्र पठाएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विरोधपत्रको साथमा संविधानको पुस्तक पठाएको नेकपा काठमाडौं जिल्ला कमिटी सचिव हिमाल शर्माले जानकारी दिए।

प्रचण्ड–माधव पक्षको नेकपाले प्रधानमन्त्री केपी ओलीले राष्ट्रको नाममा क्षमा याचना गरी गल्ती सच्याउन पनि आग्रह गरेका छन्।

नेकपाले दोस्रो चरणको कार्यक्रमअन्तर्गत शुक्रबार सबै जिल्लामा संविधान र विरोधपत्र पठाएर राष्ट्रका नाममा क्षमायाचना गरी संसद् विघटनको कदम सच्याउन आग्रह गर्दैछ।

अन्य सम्बन्धित समाचार:  नेपालीलाई केयर गिभरको रुपमा इजरायल जाने बाटो खुल्यो