बेजोसलाई उछिन्दै एलन मस्क बने विश्वको सबैभन्दा धनी व्यक्ति

बेजोस मस्क

एजेन्सी।  विद्युतीय कार बनाउने कम्पनी टेस्लाका सीईओ एलन मस्क जेफ बेजोसलाई पछि पार्दै विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन्।

ब्लुमबर्गले जारी गरेको २०२० का अर्बपतिहरुको सूचीमा उनले अमेजनका संस्थापक जेफ बेजोसलाई पछि पार्दै उक्त स्थानमा पुगेका हुन्।

मस्कको आम्दानी १ सय ८८ बिलियन अमेरिकी डलरभन्दा धेरै छ भने अमेजनका संस्थापकको आम्दानी १ सय ८७ बिलियन अमेरिकी डलर छ। टेस्लाको शेयरमा निरन्तर वृद्धि भइरहेको छ। यो सूचीमा ५ सय अर्बपति सामेल छन्।

सम्बन्धित समाचार

आर्टिफिसियल इन्टेलिजेन्सले ५ वर्षमा मानिसहरुलाई उछिन्छ: एलन मस्क

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार २७ सय बिलियन अमेरिकी डलर सम्पत्ति भएका एलनले यो वर्ष १ सय ५० बिलियन अमेरिकी डलर सम्पत्ति आर्जन गरेका छन्।

अन्य सम्बन्धित समाचार:  रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द