एजेन्सी। भानुआटुमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सुर्वेक्षण संस्था (यूएसजीएस) ले जानकारी दिएको छ। भूकम्पबाट के कति धनजनको क्षति भन्ने विवरण भने प्राप्त भएको छैन।
भूकम्पको केन्द्रविन्दु भानुआटुको इजआनजेलबाट १४६ किलोमिटर टाढा रहेको स्थानको आसपासमा नै ११७.७४ किलोमिटर गहिराइमा रहेको समाचारमा जनाइएको छ। भूकम्पको धक्का भानुआटु र नजिकै रहेकाे न्यू क्यालिडोनियामा पनि महसुस गरिएको थियो। भानुआटुमा भूकम्पको प्रकोपले बारम्बार सताइरहेको पाइन्छ।