सर्वोच्चको फैसला सबैले स्वीकार्नु पर्छः कोमल वली

काठमाडौं। राष्ट्रियसभा सदस्य कोमल वलीले संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने बताएकी छन्। शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले न्यायलयले गर्ने निर्णय नै अन्तिम निर्णय हुने बताएकी छन्।

उनले संविधान भनेको आशय भएको दाबी गरिन्। बेलायतमा अलिखित संविधान भएको र त्यहाँको परम्परा र संस्कृति अनुसार अदालतले व्याख्या गर्ने र त्यसलाई नै नेताले स्वीकार गर्ने बताउँदै हामीले पनि त्यसलाई अनुसरण गर्नुपर्ने बताइन्।

 प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रियसभाबाट संविधान पढ्न पठाउनु हुटिट्याउँले सगर आटेको जस्तो भएको वलीले बताइन्। 

अदालतमाथि शंका गर्नेहरु सर्वसत्तावादी भएको भन्दै उनले सबैतिर शंका गर्नु ठिक नभएको बताइन्। ‘अहिलेको सरकार सर्वसत्तावादी भयो भन्ने ?’, वलीले भनिन्, ‘अदालतमाथि जसले शंका गरेको छ त्यो हो सर्वसत्तावादी। त्यसलाई अनावश्यक दबाबमा राख्नु त्यो हो सर्वसत्तावाद।’

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीले घरभित्र आगो लगाएर आफू सुकिलो बनेः भीम रावल