काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका काठमाडौं जिल्ला इन्चार्ज भिमसेन घिमिरे (विपिन) लाई प्रहरीले पक्राउ गरेको छ।
घिमिरेलाई विशेष ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेर अनुसन्धानका लागि काठमाडौं परिसर पठाएकाे छ। लामो अनुसन्धानपछि बुधबार ब्यूरोको टोलीले घिमिरेलाई पक्राउ गरेको हो। प्रहरीले जनाए अनुसार उनीमाथि महानगरीय प्रहरी परिसर काठमाडौंबाट चन्दा ऐन २०३० अन्तर्गतको कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
उनीबाट चन्दा संकलनका रसिद, लेटरप्याड, डायरीलगायत बरामद भएको जनाइएको छ।