पछिल्लो २४ घण्टामा ५५४ कोरोना संक्रमित थपिए, ५८५ डिस्चार्ज

संक्रमित

काठमाडौं। नेपालमा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २६९ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा २ सय ७ जनासहित देशभर ५ सय ५४ संक्रमित थपिएका हुन्। योसँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ।

यस्तै थप ५ सय ८५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५७ हजार २ सय २९ पुगेको मन्त्रालयले जनाएको छ। देशभर ५ हजार २१ जना सक्रिय संक्रमित छन्। जसमध्ये १ सय ८२ जनाको आइसियु र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। हाल ३ सय ३८ जना क्वारेन्टाइनमा छन्।

अन्य सम्बन्धित समाचार:  अमेरिकामा  एकै दिन  चार हजार कोरोना सङ्क्रमितको मृत्यु

२४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ९ पुगेको मन्त्रालयले जनाएको छ।