टिपरको ठक्करबाट सुर्खेतमा एक युवतीको मृत्यु

काठमाडौं। टिपरको ठक्करबाट सुर्खेतमा एक युवतीको मृत्यु भएको छ। भेरीगंगा नगरपालिका छिन्चुस्थित कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार वीरेन्द्रनगर नगरपालिका ११ की २३ वर्षीया तारा कुमारी आलेको मृत्यु भएको हो।

दुर्घटनाबाट घाइते आलेलाई उपचारका लागि प्रदेश अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

मोटरसाइकल चालक शुभकालिका गाउँपालिका कालिकोटका २६ वर्षीय दुर्गा शाही सामान्य घाइते भएका छन्। टिपर र चालकलाई इलाका प्रहरी कार्यालय छिन्चुले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

अहिले दुर्घटना स्थलमा पीडितलाई न्याय दिलाउनुपर्ने र दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीयको प्रदर्शन भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  वैशाख दोस्रो सातादेखि धारामा दिनहुँ २–३ घण्टा पानी