सलमान खानको फिल्म ‘कागज’मा जनकपुरका प्रवेश मल्लिकको सङ्गीत

सलमान

 

काठमाडाैं। जनकपुरधामका ३९ वर्षीय प्रवेश मल्लिकले सलमान खान प्रोडक्सनबाट निर्मित हिन्दी चलचित्र ‘कागज’ मा संगीत भरेका छन्।

हास्य अभिनेता सतिश कौशिकले निर्देशन गरेकाे ‘कागज’ बिहीबार रिलिज भएकाे छ। ‘कागज’ मा संगीत भर्न जनकपुरका प्रवेशलाई सतिशले नै ब्रेक दिएका हुन्। सलमान खान प्रोडक्सन र सतिश कौशिकको निर्देशनमा निर्मित ‘कागज’ मा संगीत दिन पाउँदा खुसी लागेको बताउँछन् प्रवेश।

प्रवेशले संगीत भरेको ‘कागज’ फिल्ममा उदितनारायण झा, अल्का याग्निकजस्ता भारतका लोकप्रिय गायक–गायिकाले स्वर दिएका छन्। उदित र अल्काबाहेक उनले भरेको संगीतमा अरिजीत सिंह, ऋचा शर्मा, बप्पी लाहिरी, नेहा कक्कर, दिव्य कुमारजस्ता चर्चित गायक–गायिकले पनि स्वर भरेका छन्।

‘कागज’ अघि प्रवेशले ‘जय गंगाजल’, ‘राजनीति’ जस्ता सफल चलचित्र बनाइसकेका प्रकाश झासँग पनि काम गरिसकेका छन्। यसबाहेक प्रवेशले ‘फाटेको जुत्ता’, ‘संरक्षण’, ‘भोर’ जस्ता नेपाली चलचित्रमा पनि संगीत भरिसकेका छन्।

अन्य सम्बन्धित समाचार:  चर्चामा १९ वर्षीया इजरायली माेडल येल शेल्बिया