धनगढी: ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखेको टिसर्ट लगाएका युवक पक्राउ

धनगढी। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको धनगढीको सभामा ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखेको टिसर्ट लगाएका युवकलाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार धनगढीमा भएको कार्यक्रममा केही युवाले आफ्नो टिसर्टमा निर्मला पन्तको बलात्कार र न्यायको खोजीसँग सम्बन्धित नाराहरु लेखिएको टिसर्ट लगाएर सहभागी भएका थिए। ती युवालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:   आजको मौसम पूर्वानुमान : वर्षा र हिमपात