प्रचण्ड–माधव समूहद्वारा नेपालगञ्जमा बयलगाडा सहित विरोध प्रदर्शन

आकाश देवकोटा, बाँके। संसद् विघटन विरुद्ध आन्दोलनमा रहेको नेकपाको प्रचण्ड–माधव समूहले शुक्रबार नेपालगञ्जमा बयलगाडा सहित विरोध प्रदर्शन गरेको छ।

केन्द्रीय कार्यक्रम अनुसार शुक्रबार जिल्ला प्रशासन कार्यालय मार्फत संविधान बुझाउने रहे पनि बाँकेमा नेकपाका नेता कार्यकर्ताहरुले बयलगाडासहित प्रदर्शन गरेका हुन्। नगरको विपी चोकबाट सुरु भएको बयलगाडासहितको प्रदर्शन जिल्ला प्रशासन कार्यालय बाँकेसम्म पुगेको थियो।

नेकपाका केन्द्रीय सदस्य महेश्वर गहतराज, जिल्ला अध्यक्ष आईपी खरेल, सचिव अशोक कोइराला लगायतका नेता कार्यकर्ताहरु सहभागी प्रदर्शनमा प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक भएको भन्दै चर्को नाराबाजी गरिएको थियो।

प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम चालेका कारण त्यसको विरोधमा विरोध पत्रसहित संविधानको पुस्तक प्रधानमन्त्री ओलीलाई जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत पठाइएको नेकपा बाँकेका कार्यालय सदस्य अमिर केसीले बताए।

अन्य सम्बन्धित समाचार:  न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ  : नेता पौडेल