ट्रम्पको धम्की, ‘बाइडनको शपथ समारोहमा सहभागी हुन्न’

युट्युब

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित राष्ट्रपति जो बाइडनको शपथ समारोहमा सहभागी नहुने धम्की दिएका छन्।

बाइडनले नयाँ राष्ट्रपतिका रुपमा जनवरी २० मा सपथ लिँदैछन्। बुधबार आफ्ना समर्थकलाई संसदमा आक्रमण गर्न लगाएका ट्रम्प एकपछि अर्को विवादमा फस्दै गएका छन्।

उनले बाइडनको सपथ समारोहमा सहभागि नहुने ट्वीट गरेका छन्। आफ्ना मतदाताको अपमान गर्न नसक्ने र उनीहरुमाथि गलत ब्यवहार नहसने भन्दै उनले संसद आक्रमणको घटनामा संलग्नलाई उन्मुक्ति दिने संकेत ट्वीटमार्फत् दिएका छन्।

‘सात करोड ५० लाख महान् अमेरिकी देशभक्त जसले मलाई मत दिए, अमेरिका फर्स्ट र अमेरिकाको फेरी महान् बनाउन मत दिए, भविष्यमा उनीहरुको आवाज सुनिने छ। उनीहरुको अपमान गरिने छैन र उनीहरुलाई कुनै भेदभाव गरिने छैन’ ट्वीट गर्दै ट्रम्पले भनेका छन्।

अन्य सम्बन्धित समाचार:  मृत्युको प्रमाणपत्रका लागि लाश लिएर बीमा कम्पनीको अफिसमा पुगे आफन्तजन