इंग्लिस फुटबल लिगका १०० बढी खेलाडीलाई कोरोना

एजेन्सी। इंग्लिस फुटबल लिग (इएफएल) क्लबका एक सयभन्दा बढी खेलाडी र स्टाफमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

इएफएलले शुक्रबार पछिल्लो चरणको परिक्षणका क्रममा ११२ जनामा कोरोना देखिएको जनाएको छ।

पछिल्लो समय ६६ क्लबका ३ हजार ५०७ खेलाडी तथा स्टाफको परिक्षण गर्दा यतिधेरैमा कोरोना देखिएको हो।

कोरोना संक्रमितको नाम भने गोप्य राखेको छ। उनीहरु सेल्फ आइसोलेसनमा रहेको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  बिग ब्याश: होबर्टको जित, सन्दीप विकेटविहीन