एजेन्सी। भारतको महाराष्ट्र राज्यको एक अस्पतालमा शुक्रबार राति अस्पतालमा आगालागी हुँदा १० शिशुको मृत्यु भएको छ।
महाराष्ट्रको भण्डारा जिल्ला अस्पतालको एनआइसीयूमा आगलागी हुँदा शिशुहरुको ज्यान गएको हो।
स्वास्थ्यमा जटिल समस्या भएका शिशुहरुलाई एनआइसीयूमा राखिएको थियो। राति २ बजे अस्पतालमा आगलागी भएको थियो।
मृत्यु हुनेमा एक दिनदेखि ३ महिनासम्मका शिशु रहेका छन्। ७ शिशुलाई मात्रै बचाउन सकिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
अस्पतालका कर्मचारीहरुले आगो निभाउने प्रयास गरे पनि शिशुहरुलाई बचाउन सकिएन। पछि दमकलको सहायताले आगो निभाइएको थियो। त्यतिबेलासम्म निकै ढिला भइसकेको थियो।