काठमाडौं। काठमाडौंको टोखामा एक महिलाले शुक्रबार राति श्रीमानको हत्या गरी आत्महत्या गरेकी छिन् ।
सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गरेकी हुन्। उमेश हालै अमेरिकाबाट फर्किएका थिए।
सुर्खेत स्थायी घर भएका उनीहरु ग्राण्डी अस्पताल नजिकैको हाउजिङमा बस्दै आएका थिए। उमेशको शव ओछ्यानमा फेला परेको थियो भने सुदिक्षा कोठाभित्रै झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
कोठामा रगतले लतपतिएको सिलौटो फेला परेको काठमाडौंका डिएसपी प्रमिश विष्टले बताए। उमेशको कानबाट रगत बगेको देखिन्छ। सिलौटो प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए।
पोष्टमार्टम रिपोर्टपछि मात्र सबै कुरा खुल्ने डिएसपी विष्टले बताए। घट्नाबारे प्रहरीलाई राति नै खबर गरिएको थियो।