वामदेवले थाले नेकपामा ‘एकता राष्ट्रिय अभियान’

काठमाडौं। वामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकताका लागि ‘एकता राष्ट्रिय अभियान’ मा जुट्न अपिल गरेका छन्।

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकका रुपमा अपिल गर्दै उनले नेता कार्यकर्तालाई एकता अभियानको नाम संगठन खडा गर्न आग्रह गरेका छन्।

विभाजनमा ढल्केका नेता, कार्यकर्तालाई सम्झाउन गौतमले आह्वान गरेका छन्। पार्टीका नेताले पछिल्लो समय प्रयोग गरेको भाषणको भाषाशैलीप्रति ठिक नभएको गौतमको भनाइ छ।

कुनै पनि समूहका नेताको गालीगलौजको शैलीमा विरोध नगर्न उनले आग्रह गरेका छन्। सबैलाई सम्मान गर्न तथा कोहीलाई पनि अपमान नगर्न गौतमले जोड दिएका छन्।

नाक र मुख ढाक्ने गरी मास्क लगाएर नेकपा एकताको आह्वानमा जुलुस निकाल्न, एकताको सन्देश दिने पर्चा, पोष्टर छापेर बाँड्न समेत उनले कार्यकर्तालाई आग्रह गरेका छन्। यस्तो गरेको खण्डमा पार्टी र पार्टीका सबै नेतालाई पुनः एकै ठाउँमा ल्याउन सकिने गौतमको विश्वास छ।

अन्य सम्बन्धित समाचार:  प्रचण्डलाइ बाबुरामको प्रस्तावः एक्लाएक्लै जनप्रदर्शन राम्रो देखिएन, संगै जाउँ