उत्तर कोरियाद्वारा परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणा

एजेन्सी। उत्तर कोरियाले अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको भन्दै परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणा गरेको छ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्गले अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको र सत्तामा जो आए पनि अमेरिकाले आफ्नो देशप्रतिको रणनीति परिवर्तन गर्ने कुनै अपेक्षा नरहेको बताएका छन्।

किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्दै लैजाने बताए। अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने समय नजकिँदै जाँदा किमको यस्तो धारणा आएको हो।

बाइडेनले जनवरी २० मा अमेरिकाको ४६औँ राष्ट्रपतिका रुपमा शपथ लिँदै छन्। किमले शत्रुले आफूविरुद्ध आक्रमण नगरेसम्म परमाणु हतियारको प्रयोग नगर्ने बताएका छन्।

अन्य सम्बन्धित समाचार:  रुसमा नाभाल्नीको समर्थनमा प्रदर्शन, दर्जनौँ पक्राउ