ओली समूह निकट राष्ट्रिय युवा संघले काठमाडौंमा प्रदर्शन गर्दै

काठमाडौं। नेकपाको ओली समूह निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघले आज काठमाडौंमा प्रदर्शन तथा भेला गर्दैछ। प्रतिनिधिसभा विघटनको समर्थनमा संघले भेला गर्न लागेको हो। युवा संघका अनुसार काठमाडौंका विभिन्न स्थानबाट निस्किएको जुलुस प्रज्ञा भवनमा पुगेर सभामा परिपणत हुने छ। सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ।

पछिल्लो समय प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ भने ओली समुह पनि विघटनको औचित्य पुष्टि गर्न र चुनावको तयारीमा जुट्न भन्दै विभिन्न जुलुस तथा कार्यकर्ता भेलामा निस्किएको छ।

अन्य सम्बन्धित समाचार:  पशुपतिमा प्रमले पूजा गर्दा विरोध गर्नेहरु नै भैँसीपुजाका समर्थक -गोकुल बाँस्कोटा