अष्ट्रेलियाविरुद्ध भारत २४४ रनमा अलआउट

अष्ट्रेलिया

एजेन्सी। अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङ्समा भारत २४४ रनमा अलआउट भएको छ। सिड्नीमा शनिबार भारत पहिलो इनिङ्समा २ सय ४४ रन जोड्दा अलआउट भएको हो।

दोस्रो दिन २ विकेट गुमाएर ९६ रन बनाएको भारतले तेस्रो दिन सम्हालिएर खेल्न सकेन। भारतका शुभमन गिल र चेतेश्वर पुजाराले समान ५० रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै ऋषभ पन्तले ३६ रन जोड्दा रविन्द्र जडेजा २८ रनमा अविजित रहे।

सम्बन्धित समाचार

टेस्टमा भारतको सबैभन्दा न्यून स्कोर: अष्ट्रेलियाविरुद्ध ३६ रन
अष्ट्रेलिया

रोहित शर्माले २६ र कप्तान अजिंक्या रहाणेले २२ रन बनाए।

बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्सले ४ विकेट तथ जश हेजलउडले २ विकेट लिए।

अष्ट्रेलिया पहिलो इनिङ्स

यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले अलआउट हुँदै ३ सय ३८ रन बनाएको थियो। घरेलु टोलीका लागि स्टिभन स्मिथले १ सय ३१ रनको शतकीय इनिङ्स खेले। रबिन्द्र जडेजाबाट बोल्ड हुनु अघि स्मिथले १६ चौकाको मदतले अष्ट्रेलियालाई बलियो अवस्थामा पुर्याएका थिए।

अन्य सम्बन्धित समाचार:  त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपिएफकाे लगातार तेस्रो जित

अष्ट्रेलिया

ओपनर विल पुचोभ्स्कीले ६२ रन तथा मार्नस लबुशेनले ९१ रन बनाए।

बलिङतर्फ भारतका जडेजाले ४ तथा जस्प्रित बुम्राह र नवदीप शैनीले २-२ विकेट लिए।

अष्ट्रेलिया

पहिलो टेस्ट अष्ट्रेलियाले ८ विकेटले जितेको थियो। यस्तै दोस्रो टेस्ट भारतले ८ विकेटले नै आफ्नो बनाएको थियो।

अष्ट्रेलिया दोस्रो इनिङ्स

तेस्रो दिन भारत २४४ रनमा अल आउट भएपछि ९४ रनको अगुवाइका साथ दोस्रो इनिङ्सको सुरुवात गरेको अष्ट्रेलिया बलियो स्थितिमा रहेको छ।

सुरुवाती ब्याट्स्म्यान डेभिड वार्नर र विल पुचोभ्स्कीलाई सस्तैमा गुमाउनु परे पनि तेस्रो र चाैथो नम्बरमा आएङ्का कप्तान स्टिभ स्मिथ र मार्नस लबुशेनको राम्राे साझेदारीका कारण तेस्रो दिनको खेल सकिञ्जेलसम्मा अष्ट्रेलिया २ विकेटको क्षतिमा १०३ रन बनाउँदै १९७ रनको बलियाे अगुवाइमा रहेकाे छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री कप क्रिकेटः दोस्रो सेमिफाइनल खेलमा वाग्मती र आर्मी भिड्दै

अष्ट्रेलिया

दोस्राे पारीमा १०३ रन बनाउने क्रममा वार्नरले १३ तथा पुचोभ्स्कीले १० रन बनाउँदै आउट भए। क्रिजमा रहेका कप्तान स्टिभ स्मिथ र मार्नस लबुशेन क्रमश: २९ र ४७ रनमा नट आउट छन्।