‘प्रचण्ड’ आज स्वदेश फर्कँदै

काठमाडौं।  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतबाट स्वदेश फर्कँदै छन्। पत्नी सीताको उपचारका लागि सोमबार मुम्बई गएका दाहाल काठमाडौं आउन लागेका हुन्। पत्नीको उपचार प्रक्रिया अघि बढेकाले छोरीहरूलाई छोडेर उनी फर्कन लागेका हुन्। उपचारका क्रममा केही जटिलता भए मात्रै दाहाल पुनः भारत जाने बताइएको छ।

सीताको मुम्बईस्थित न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्ष्टिच्यूटमा उपचार भैरहेको छ। उनको न्यूरोसर्जन डाक्टर आलोक शर्माको टोलीले उपचार गरिरहेको छ। सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छन्।

अन्य सम्बन्धित समाचार:  बाबुरामलाई करिश्माको प्रश्न: डा. साब यही हो राजनीतिक संस्कार?