काठमाडाैै।
अभिनेत्री स्वस्तिमा खड्काले पनि नाटकमा अभिनय गर्ने भएकी छन्। नारायण वाग्लेद्वारा लिखित चर्चित उपन्यास ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा स्वस्तिमाले अभिनय गर्न लागेकी हुन्। थिएटर भिलेजका निर्देशक विमल सुवेदीले निर्देशन गर्ने उपन्यासको नाट्य रूपान्तरण सुरज सुवेदीले गरेका हुन्। अहिले यसको रिहर्सल चलिरहेको छ। चाँडै मञ्चन हुने तयारी गरिएको नाटकमा स्वस्तिमाले ‘पल्पसा’ पात्रको भूमिकामा अभिनय गर्नेछिन्।
पहिलो पटक नाटकमा अभिनय गर्न लागेका कारण उनी निकै उत्साहित छिन्। आफ्नो मनपर्ने उपन्यासमाथि बन्न लागेको नाटकमा अभिनय गर्ने अवसर पाएकोमा उनले खुसी व्यक्त गरेकी छन्। नाटक सकिएपछि भने उनी दीपेन्द्र के. खनालको फिल्म ‘चिसो मान्छे’ को छायाङ्कनमा व्यस्त हुनेछिन्। यसपछि श्रीमान निश्चल बस्नेतले निर्देशन गर्ने फिल्म ‘जिन्दाबाद’ मा काम गर्नेछिन्।