राष्ट्रपति र प्रधानमन्त्रीको सुरक्षा बढाइयाे

काठमाडौं। राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा बढाइएको छ। प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा भएसँगै राष्ट्रपति र प्रधानमन्त्रीमाथि सुरक्षा चुनौती थपिएको भन्दै सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या बढाएको हो।

यसअघि नेपाली सेनाका कर्णेलको नेतृत्वमा प्रधानमन्त्री ओलीको सुरक्षामा ५० जना भन्दा बढी नेपाली सेनासहितको टोली परिचालित हुने गरेको थियो। तर पछिल्लो राजनीतिक घटना क्रमसँगै प्रधानमन्त्री ओली विभिन्न सार्वजनिक कार्यक्रम सहभागी हुन थालेपछि भैरबनाथ गणबाट थप २५ जना प्रधानमन्त्रीको सुरक्षामा खटिएका छन्।

प्रधानमन्त्री सहभागी हुने सार्वजिनक कार्यक्रमस्थमा यसअघि सादा पोशाकका सुरक्षार्की मात्र खटाइने गरेपनि अब भने हतियारसहितका सुरक्षाकर्मी उपस्थित हुने छन्। यस्तै अदालतमा विचाराधिन रहेको प्रतिनिधिसभा विघटनको मुद्दा किनारा नलागेसम्म राष्ट्रपति भण्डारीलाई शितल निवास बाहिर नजान सुरक्षा अधिकारीहरुले सुझाव दिएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि, २२६ डिस्चार्ज