एजेन्सी। ‘केजीएफ च्याप्टर २’ को धमाकेदार टिजर बाहिरिएसँगै धमाधम रेकर्ड बनाउन सुरु गरेको छ। साउथ इण्डियन फिल्मका रकिङ स्टारका नामले परिचित ‘यस’ को एक्सनले एक घण्टा १६ मिनेटमा दश लाख लाइक पाएको छ।
योसँगै युट्युबमा सबैभन्दा छोटो समयमा दश लाख कटाउने बलिउड फिल्मको टिजर बनेको छ। यसअघि थालापाती विजयको फिल्म ‘मास्टर’ ले एक घण्टा १८ मिनेटमा दश लाख लाइक पाएको थियो।
त्यस्तै २० लाख लाइक पुर्याउन ‘मास्टर’ लाई ३८ घण्टा लागेको थियो भने केजीएफ च्याप्टर २ ले १० घण्टामै यो रेकर्ड तोडेको छ। २४ घण्टा नबित्दै फिल्मको टिजर नेपालको युट्युब ट्रेन्डिङमा १ नम्बरमा छ।
फिल्ममा रबीना टण्डन र सञ्जय दत्तको पनि अभिनय पनि देख्न सकिनेछ। दत्तको भयंकर खलनायक अवतारलाई पनि टिजरमा थोरै समेटिएको छ। फिल्मको पहिलो सिक्वेल केजीएफले बक्स अफिसमा निकै राम्रो व्यापार गरेसँगै निर्माण टोलीले ‘केजीएफ च्याप्टर–२’ ल्याउन लागेको हो।