काठमाडौं। पछिल्लो २४ घण्टामा ३६२ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९१३ पुगेको छ ।
मन्त्रालयका अनुसार ४ हजार ६८१ जना हाल आइसोलेसनमा छन्। २६२ जना भने क्वारिन्टिनमा बसेकाे मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ भने कुल १९ लाख ७४ हजार ५६१ पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ। सक्रिय संक्रमितको संख्या ४ हजार ६८१ रहेकाे छ।