तोकिएकै मितिमा निर्वाचन हुन्छ, अब आँधिबेहरी ल्याउनुपर्छ: प्रधानमन्त्री

काठमाडाैं।  मुलुक निर्वाचनमय भएकाले तोकिएकै मितिमा निर्वाचन हुने दाबी प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्। शनिबार काठमाडाैंमा आफ्नो पक्षका कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव तोकिएकै मितिमा हुने दाबी गरेका हुन्। ‘आगामी २०७८ साल वैंशाख १७ गते र वैंशाख २७ गते नै चुनाव हुन्छ, तयारी थाल्नुहोस्। अब आँधिबेहरी ल्याउनुपर्छ,’ उनले भने।

निर्वाचन हुनेमा कोही पनि साथीहरू र देशबासीहरू अन्योल र भ्रममा नपर्न आग्रहसमेत गरेका छन्। ‘केपी ओलीले चुनाव गराउँदैन। भन्दै हल्ला फिँजाएका छन्। म विभन्न जेल-नेल खटेर अनेक पल्ट मर्दै बाँचेको मान्छे हुँ, म लोकतन्त्र मास्नलाई होइन रक्षा गर्नका लागि आएको हुँ,’ उनले भने।
अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीसँग अर्को संविधान छ : अधिवक्ता थापा