इण्डाेनेसिया: ५० यात्रु बोकेको जहाज सम्पर्कविहीन

दुर्घटना

एजेन्सी। इण्डाेनेसियामा ५० यात्रु बोकेको एउटा हवाइजहाज सम्पर्कविहीन भएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार राजधानी जकार्ताबाट ५० यात्रु लिएर उडेको श्रीविजया कम्पनीको हवाइजहाज उडेको केही बेरमै सम्पर्कविहीन भएको हो।
हवाइजहाज उडान ट्रयाकिङ गर्ने वेबसाइट फ्लाइट रेडार ट्वेण्टी फोरले जहाज १ मिनेटको अन्तरमा १० हजार फीट तल झरेको देखाएको छ। इण्डाेनेसियाको यातायात मन्त्रालयले जहाजको खोजी भइरहेको बताएको बीबीसीले उल्लेख गरेको छ।
अन्य सम्बन्धित समाचार:  कति होला अमेरिकी राष्ट्रपतिको तलब ?