चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि चरा गणना

चितवन। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चरा गणना गरिने भएको छ। चरा गणनाको नेतृत्व गरेको बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष बासु बिडारीकाअनुसार आइतबारदेखि चितवन राष्ट्रिय निकुञ्ज र आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत विभिन्न ठाउँमा चरा गणना गरिने छ।

चरा रहेका क्षेत्रलाई विभिन्न भागमा बाँडेर गणना गरिँदै छ। कसराबाट लोथरसम्म एउटा क्षेत्र हुनेछ। लोथरदेखि जिन्दगानी घाटसम्म, जिन्दगानी घाटदेखि सौराहासम्म र सौराहादेखि कसरा पुलसम्म तीन भाग बनाएर डुङ्गाबाट गणना गरिने छ। निकुञ्जभित्रको लामिताल, तमोरताल, गरुढताल, बिसहजारी तालमा गणना गरिँदै छ।

बिसहजारी तालभित्रका बाटुली पोखरी, टिकौली ताल, कुमाल ताल र राइनो तालमा गणना गरिने उनले जानकारी दिए। बूढी राप्ती, ढुङ्ग्रे खोला, भण्डाको मत्स्यपालन केन्द्रमा पनि गणना गरिने छ। नारायणी नदीतर्फ सिर्खौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक नहरसम्म पनि चरा गणना हुने सङ्घले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  बालुवाटारमा नागरिक समाजले मार्चपास गर्ने

यस वर्ष पहिलोपटक विस्तृत रुपमा रिउ खोलामा पनि चरा गणना गरिँदै छ।