राष्ट्रिय सभाको बैठक दिउँसो बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं। राष्ट्रिय सभाको बैठक आज आइतबार बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीले समसामयिक पछिल्लो राजनीतिक परिस्थिती बारे बैठकमार्फत सम्बोधन गर्ने तयारी रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। संसद विघटनपछि राजनीतिक रुपमै पार्टी दुई खेमामा विभाजित हुनुका साथै उक्त कदम असंवैधानिक भएको भन्दै पार्टी भित्र र बाहिरबाट चर्को आलोचना भइरहेको बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।

बैठकमा प्रधानमन्त्री ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची समेत रहेको संसद सचिवालयले जनाएको छ।

यस्तै विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले “विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नेछन्।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको खोप अभियान देशभर सुरु