काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यमा आइतबार भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन सुनको मूल्य २ हजार ३ सय रुपैयाँले घटेको हो।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएकोमा आइतबार ९३ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी चाँदीको मूल्य पनि ६० रुपैंया घटेर तोलाको १२ सय ७० रुपैंया कायम भएको महासंघले जनाएको छ।