मेलिना राईको नयाँ गीत ‘चौतारिमा बसौंन पियारी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं। गायिका मेलिना राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। ‘चौतारिमा बसौंन पियारी’बोलको नयाँ गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो।

मोडलद्धय निरञ्जन प्रधान र एलिशा राईको अभिनय रहेको यस गीतमा मेलिना र केशव शर्मा दाहालको स्वर रहेको छ। गीतमा संगीतकार राजनराज शिवाकोटीको संगीत तथा डा. राजुबाबु श्रेष्ठको शब्द रहेको छ।

भिडियोलाई शन् थापाले निर्देशन गरेका छन् भने अर्जुन तिवारीले छायाँकन गरेका छन्। भिडियोको सम्पादन सुप्रीम पराजुलीले गरेका छन्।

भिडियो हेर्नुहोस्

 

अन्य सम्बन्धित समाचार:  फेरी पनि ल्याउनुपर्छ केपी ओलीलाई : कोमल ओली (भिडियोसहित)