आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्रीले आइतबार बिहान १० बजे फोन गरेर मन्त्रीहरुलाई साढे ११ बजे बालुवाटार पुग्न निर्देशन दिएका हुन्।

साढे ११ बजेका लागि बैठक बोलाइए पनि अझै बैठक सुरु नभएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिए। बैठकको एजेण्डाबारे भने केही खुलाइएको छैन ।

मन्त्रिपिरषदको नियमित बैठक भने सोमवार र बिहीवार बस्दै आइरहेको छ।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा आज पनि सुनुवाई हुँदै