काठमाडौं। मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय सभाको हिँउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ।
आइतबार बालुवाटारमा बसेको आकस्मिक बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।
सिफारिशका आधारमा राष्ट्रपतिले पत्र पठाएर अधिवेशन अन्त्यको घोषणा गर्ने बुझिएको छ। केही दिनअघि शुरु भएको अधिवेशन यसपटक छिट्टै अन्त गरिन लागिएको छ।