तेस्रो टेस्ट: दोस्रो पारीमा भारतलाई ४ सय ७ रनको विशाल लक्ष्य

तेस्रो टेस्ट

एजेन्सी। अष्ट्रेलियाले तेस्रो टेस्टमा भारतलाई जितका लागि ४ सय ७ रनको विशाल लक्ष्य दिएको छ। सिड्नीमा चौथो दिन अष्ट्रेलियाले ३ सय १२ रन जोडेर दोस्रो इनिङ्स समाप्तिको घोषणा गरेपछि भारतले यो लक्ष्य पाएको हो।

तेस्रो टेस्ट
मार्नस लबुशेन

दोस्रो इनिङ्समा अष्ट्रेलियाका लागि क्यामरुन ग्रीनले ८४ रन, स्टिभ स्मिथले ८१ रन तथा मार्नस लबुशेनले ७३ रनको योगदान दिए। कप्तान टिम पेन ३९ रनमा अविजित रहे। यसअघि डेभिड वार्नर १३ र विल पुचोभ्स्कीले १० रन बनाएर आउट भए।

तेस्रो टेस्ट
जडेजा

बलिङतर्फ भारतका नवदीप सैनी र रविचन्द्रन आश्विनले २/२ विकेट लिए। यस बाहेक जसप्रीत बुम्राह र माेहम्मद सिरजकाे नाउँमा समान १-१ विकेट रह्यो।

आश्विनले स्मिथ र वार्नरलाई एलबीडब्ल्यु आउट गराए। त्यसैगरी नवदीप सैनीले मार्नस लबुशेन र म्याथ्यु वेडलाई विकेटकीपर ऋद्धिमन साहाको हातबाट क्याच आउट गराए। जसप्रीत बुम्राहले विल पुचोभ्स्की तथा सिरजले क्यामरुन ग्रीनलाई ऋद्धिमन साहाकै हातबाट क्याच आउट गराए। साहाले समग्रमा दोस्रो पारीका ६ मध्ये ४ विकेट क्याच आउट गराए।

जवाफी ब्याटिङ

४ सय ७ रनको लक्ष्य पाएको भारतले चाैथो दिनमा जवाफी ब्याटिङ गर्दै ३४ ओभर खेल्न भ्याएको छ। चाैथो दिनको खेल सकिञ्जेल भारतले सुरुवाती ब्याट्स्म्यानहरु राेहित शर्मा र शुभमन गिललाई क्रमश: ५२ र ३१ रनमा गुमाउँदै ९८ रन बनाएको छ। क्रिजमा रहेका चेतेश्वर पुजारा र अजिंक्या रहाणे ९ र ४ रनमा अविजित छन्।

तेस्रो टेस्ट
राेहित शर्मा
तेस्रो टेस्टको नतिजा कता जाला?

अझै पनि ३०९ रनले पछाडि परेकाे भारतका लागि साेमबार पाँचाैं तथा अन्तिम दिन पुजारा र रहाणेले ब्याटिङ सुरु गर्नेछन्। भोलि दिनभरमा भारतले बाँकी ३०९ रन जोड्न सके ठूलाे लक्ष्य पछ्याउँदै तेस्रो टेस्ट पाेल्टामा पार्नेछ र ४ खेलको श्रृङ्खला २-१ ले लिड गर्नेछ।

अन्य सम्बन्धित समाचार:  भारतद्वारा नेपाललाई १० लाख मात्रा कोरोना विरुद्धको खोप सहयोग

यदि भाेलि दिनभरमा भारतका बाँकी ८ विकेट पतन भए भने तेस्रो टेस्ट अष्ट्रेलियाकाे पाेल्टामा जानेछ र ४ खेलको श्रृङ्खला उसले २-१ ले लिड गर्नेछ।

तर यी दुवै नतिजा नआएर भारतले ३०९ रन बनाउन पनि सकेन र अष्ट्रेलियाले भारतका बाँकी ८ विकेट पनि लिन सकेन भने तेस्रो टेस्ट बराबरीमा टुंगिनेछ र श्रृङ्खलाको टुंगाे चाैथाे टेस्टले लगाउनेछ।

तेस्रो टेस्टमा भारतको पहिलो इनिङ्स

भारतले पहिलो इनिङ्समा अलआउट हुँदै २ सय ४४ रन बनाएको थियो। भारतका शुबमन गिल र चेतेश्वर पुजाराले समान ५० रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै ऋषभ पन्तले ३६ रन जोड्दा रविन्द्र जडेजा २८ रनमा अविजित रहे।

रोहित शर्माले २६ र कप्तान अजिंक्या रहाणेले २२ रन बनाए। अष्ट्रेलियाका प्याट कमिन्सले ४ विकेट लिए। जश हेजलउडले २ विकेट लिए।

तेस्रो टेस्टमा अष्ट्रेलिया पहिलो इनिङ्स

यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले अलआउट हुँदै ३ सय ३८ रन बनाएको थियो। घरेलु टोलीका लागि स्टिभन स्मिथले १ सय ३१ रनको शतकीय इनिङ्स खेले। रबिन्द्र जडेजाबाट बोल्ड हुनु अघि स्मिथले १६ चौकाको मदतले अष्ट्रेलियालाई बलियो अवस्थामा पुर्याएका थिए।

अन्य सम्बन्धित समाचार:  साम्बाको ह्याट्रिक: एपीएफको विजयी सुरुवात
तेस्रो टेस्ट
स्टिभ स्मिथ

ओपनर विल पुचोभ्स्कीले ६२ रन तथा मार्नस लबुशेनले ९१ रन बनाए। बलिङतर्फ भारतका जडेजाले ४ तथा जस्प्रित बुम्राह र नवदीप शैनीले २-२ विकेट लिए।

पहिलो टेस्ट अष्ट्रेलियाले ८ विकेटले जितेको थियो। यस्तै दोस्रो टेस्ट भारतले ८ विकेटले नै आफ्नो बनाएको थियो।

स्मिथको कीर्तिमान

अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथले यो श्रृङ्खलामा एउटा कीर्तिमान पनि बनाएका छन्। उनले एकै टेस्टमा सबैभन्दा बढी ‘शतक र अर्धशतक’ बनाउने कीर्तिमान बनाएका हुन्। भारतविरुद्धकव तेस्रो टेस्टको पहिलो इनिङ्समा शतक बनाएका उनले दोस्रो इनिङ्समा ८१ रन बनाएर आउट भएका थिए। यो उनको १० ‍‍औं ‘शतक र अर्धशतक’ को समन्वय हो।

यसअघि यो  सबैभन्दा बढी ‘शतक र अर्धशतक’ को कीर्तिमान दक्षिण अफ्रिकाका ज्याक क्यालिसको नाउँमा थियाे। उनले ९ पटक ‘शतक र अर्धशतक’ को समन्वय गरेका थिए। यो सूचीमा इङ्ग्ल्याण्डका एलेस्टर कूक ८ सहित तेस्रो तथा एलन बोर्डर, रिकी पोण्टिङ, कुमार सांगाकारा र भारतका विराट कोहली समान ७-७ पटक सहित चाैथो नम्बरमा रहेका छन्।

यसरी हेर्दा यो कीर्तिमान हालसम्म एलन बोर्डर, रिकी पोण्टिङ र स्टिभ स्मिथ गरी ३ जना अष्ट्रेलियाली, एलेस्टर कूकका रुपमा एक जना बेलायती, ज्याक क्यालिसको रुपमा एक जना दक्षिण अफ्रिकी, कुमार सांगाकाराको रुपमा एक जना श्रीलंकाली तथा विराट कोहलीका रुपमा भारतका एक जनाको नाउँमा रहेकाे छ।