नेकपा प्रचण्ड-नेपाल समूहको सचिवालय बैठक बस्दै

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। प्रतिनिधि सभा विघटनविरुद्ध थालिएको दोस्रो चरणका संघर्षका कार्यक्रमका विषयमा छलफल गर्न दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनका अनुसार संगठनमा रिक्त पदपूर्ति र अन्य सांगठनिक विषयमा पनि छलफल र निर्णय हुनेछ। पत्नी सीताको उपचारका लागि भारत पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फर्केको भोलिपल्ट यो समूहको सचिवालय बैठक बस्न लागेको हो।

प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ।

अन्य सम्बन्धित समाचार:  परराष्ट्रमन्त्री भारतबाट रित्तो कुटुरो बोकेर फर्कनु भएछः बाबुराम भट्टराई