जनप्रतिनिधि र अर्थमन्त्रीबीच छलफल

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले स्थानीय जनप्रतिनिधीसँग छलफल गरेका छन्। आइतबार मन्त्रालयमा नगरपालीका संघका अध्यक्ष अशोक ब्यान्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठसँग छलफल गरेका हुन्।

अर्थमन्त्री पौडेलले स्थानीय तह पुगेको रकम खर्च हुन नसकेपछि पुँजीगत खर्च बढाउने वातावरण तयार पार्न आग्रह गरे। स्थानीय तहका जनप्रतिनिधीलाई स्थानीय तहमा खर्च हुन बाँकी रहेको रकम खर्चेर गाउँपालिका र नगरपालिकाहरुमा विकासको थप लहर सिर्जना गर्न उनले आग्रह गरे।

स्थानीय तहहरुमा पुगेको रकम मध्ये १ सय २६ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन। स्थानीय तहमा कोभिड प्रभावित घरपरिवारलाई सहयोग तथा प्रधानमन्त्री रोगजार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमुलक बनाउने वातावरण सिर्जना गरि पुँजीगत खर्च बढाउन मन्त्री पौडेलले आग्रह गरेको अर्थमन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  भरुवा बन्दुकसहित एक जना पक्राउ