राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं। राष्ट्रिय सभाको सातौँ हिउँदे अधिवेशन आइतबारदेखि अन्त्य हुँदैछ। राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीले चालु अधिवेशन अन्त्य भएको सम्बन्धी पठाएको पत्र पढेर सुनाउँदै अध्यक्ष तिमिल्सिनाले सातौँ अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन्।

यसअघि, आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मध्यरातीदेखि लागू हुने गरि राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। पुस १७ गते शुरु भएको हिउँदे अधिवेशनको बैठक ४ पटक बसेको थियो।

अन्य सम्बन्धित समाचार:  अदालतको फैसला अन्तिम हुन्छ: अध्यक्ष तिमिल्सिना