२४ घण्टामा ३६२ कोरोना संक्रमित थपिए: ६९९ डिस्चार्ज

डिस्चार्ज

काठमाडौं। नेपालमा थप ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको नमूना परीक्षणमा उक्त सङ्ख्यामा संक्रमितहरु थपिएका हुन्। योसँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ।

यस्तै थप ६ सय ९९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५७ हजार ९ सय २८ पुगेको मन्त्रालयले जनाएको छ।

हाल देशभर ४ हजार ६८१ जना सक्रिय संक्रमित छन्। तीमध्ये सबैजना आइसोलेसनमा रहेका र २ सय ६२ जना भने क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ।

 

अन्य सम्बन्धित समाचार:  प्रदेश २ का कानुनमन्त्रीले लगाए कोरोनाविरुद्धको पहिलो खोप