सो स्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गरिन्। उनले निर्धारित दूरी तीन घण्टा ४६ सेकेण्डमा पूरा गरिन्। सो प्रतियोगितामा भारतकै गिगमत डोल्माले तीन घण्टा नौ मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो भइन्।
गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुद (साग) मा भण्डारीले म्याराथनमा रजत पदक मात्र प्राप्त गरेकी थिइन्। भण्डारी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आबद्ध छिन्।
पुरुष म्याराथनमा नेपालका किरणसिंह बोगटी चाैथो भए। बोगटीले निर्धारित दूरी दुई घण्टा २४ मिनेट १३ सेकेण्डमा पूरा गर्नुभयो। दौडका क्रममा उहाँलाई चोट लागेपछि दौडमा पछि परेका प्रशिक्षक धनीराम चौधरीले जानकारी दिए। उनले १३औँ सागमा भने म्याराथनमा स्वर्ण पदक जितेका थिए।
उक्त स्पर्धामा भारतका बहादुर सिंहले निर्धारित दूरी दुई घण्टा २१ मिनेट ४० सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जिते। भारतकै राजपाल सिंह दुई घण्टा २१ मिनेट ४१ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो तथा भारतकै रवि प्रकाश दुई घण्टा २५ मिनेट २३ सेकेण्डको समयमा दौड पूरा गर्दै तेस्रो भए।