भायनेट कम्युनिकेशन ह्याक गर्ने किशोर पक्राउ

८७

काठमाडाैं।

इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेशन ह्याक गर्ने किशोर पक्राउ परेका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ का एक किशोरलाई साइबर ब्यूरोले ह्याक गरी विवरणहरु सार्वजनिक गरेको आरोपमा  बुटवलबाट पक्राउ गरेको हो।  ह्याक गरी सेवाग्राहीको तथ्यांकमा अनधिृकत पहुँच पुर्‍याई फेसबुक, इन्टाग्राम, ट्वीटरलगायत सामाजिक सञ्जालमा विवरण सार्वजनिक भएको थियो।

ह्याक गरी लिइएका डाटा तथा विवरणहरु नरपिचास नामको ट्वीटर ह्याण्डलमार्फत् उक्त विवरणहरु सार्वजनिक भएका थिए। पक्राउ परेका युवकविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान सुरु गरिएको छ।

अन्य सम्बन्धित समाचार:  पर–पुरुषसँग मिलेर श्रीमानको हत्या गर्ने महिला पक्राउ