सिरहा। स्रोत नखुलेको झण्डै रु ३२ लाख नगदसहित सिरहा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ।प्रहरी चौकी लकडीगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको रु ३१ लाख ८९ हजार नगदसहित सिरहा नगरपालिका–२२ हक्पारा निवासी ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको हो।
उक्त परिमाणको रकम कपडाको झोलाभित्र हालेर ल्याएको अवस्थामा यादवलाई पक्राउ गरिएको हो।
आवश्यक कारबाहीका लागि बरामद गरिएको नगदसहित उनलाई सम्पत्ती शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए।