लागुऔषधसहित काठमाडौंमा तीनजना पक्राउ

काठमाडौं। लागुऔषधसहित काठमाडौं महानगरपालिका १४, कलंकी मकालु पेट्रोल पम्पनजिकैबाट तीनजना पक्राउ परेका छन्। उनीहरुको साथबाट लागुऔषध १५ ट्याब्लेट नाइट्राजेपाम नाइट्राभेट, १ सय एम्पुल डाइजेलाप, १ सय एम्पुल बुप्रेनोर्फिन (नुफिन) र सय एम्पुल फेनारगन बरामद भएको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४, रविभवन बस्ने २८ वर्षीय नकुल श्रेष्ठ, गोरखा पालुङटार नगरपालिका २ का २९ वर्षीय गणेश श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका २ बस्दै आएका तनहुँ बन्दिपुर घर भएका ३५ वर्षीय मनोज नेपाली छन्। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

अन्य सम्बन्धित समाचार:  संसद् विघटनसँगै देश राजनीतिक अस्थिरतामा:वरिष्ठ नेता पौडेल