वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन

काठमाडौं। अल्जाम्यमर्सबाट पीडित वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ। वि.सं.१९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमालको शनिबार विहान निधन भएको हो।

उदास मेरो जीवन कथा, जुन फूल मैले चाहेको थिएँ, हो यात्री, आफ्नै कथा जिन्दगीको उनका लोकप्रिय गीत हुन्। रिमालका आधुनिकभन्दा पनि धेरै राष्ट्रिय गीतमा कलम तिखारीएका हुन्थे।

कविता लेखनमा पनि दक्ष रिमालले  वि.सं. २००५ सालबाट नियमित कलम चलाएका थिए। शनिबार नै पशुपति आर्यघाटमा  उनको दाह संकार गरिएको  पारिवारिक स्रोतले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  वरिष्ठ अधिवक्ता भण्डारीको प्रश्नः के म तमासे हो, श्रीमान?