सेयर बजार आइतबार २२ सय विन्दु भन्दा माथि पुगेर बन्द

काठमाडाैं। सेयर बजार आइतबार २२ सय विन्दु भन्दा माथि पुगेर बन्द भएको छ। आइतबार नेप्से सूचक ४१.२२ अंकले बढेर इतिहासकै उच्च २२३५.७० विन्दुमा बन्द भएको हो। सेयर खरिदबिक्री रकममा पनि उत्साह थपेकाे हाे।
नेप्से सूचकले नयाँ रेकर्ड बनाउँदै जाँदा कारोबार रकमले पनि साथ दिएको छ। यसले सेयर बजारमा थप सकारात्मक माहोल थप्ने प्रष्ट छ। हाल सेयर बजारलाई उकालो गतिमा दौडाउन बैंक ब्याजदरका साथै नीतिगत सुधारले ठूलो भुमिका खेलेको विश्लेष्कहरुकाे ठहर छ।
अन्य सम्बन्धित समाचार:  रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द