ब्रेन ह्यामरेजका कारण जापानमा एक नेपालीकाे मृत्यु

काठमाडाैं। वैदेशिक रोजगारीकाे सिलसिलामा जापान पुगेका एक नेपाली कामदारको मृत्यु भएको छ। बाग्लुङ जिल्लाको गल्कोट नगरपालिका वडा नं ४ खरुवाका ३८ वर्षीय पूर्ण खत्रीको ब्रेन ह्यामरेज भई शुक्रबार मृत्यु भएको हो।

जापानको फुजी नोउकेन हस्पिटलमा उपचारको क्रममा शुक्रबार बेलुकी उनको मृत्यु भएको त्यहाँ कार्यरत नेपालीहरुले बताएका छन्। उनी ३ वर्ष अगाडि जापानको सिजुओका प्रिफेक्चर फुजी सिटीमा कुक पेशामा काम गर्न गएको बताइएको छ।

मृतक खत्रीको नेपालमा आमा, श्रीमतीसहित ३ छोरी र १ छोरा रहेका छन्।

अन्य सम्बन्धित समाचार:  बेलायतमा थप एक नेपालीको कोरोना संक्रमणबाट ज्यान गयो