यूएईमा कोरोनाभाइरसका एकैदिन तीन हजारकाे हाराहारीमा नयाँ संक्रमित

काठमाडौं। यूएईमा पछिल्लाे समय कोरोनाभाइरसको संक्रमण पहिलाकाे तुलनामा फैलिरहेको छ। त्यहाँकाे स्वास्थ्य तथा रोकथाम मन्त्रालयका अनुसार पुस २५ गते एकैदिन २ हजार ९९८ जना नयाँ संक्रमित थपिएका हुन्।

विशेषगरी युरोपेली मुलुकहरूमा देखा परिरहेको कोभिड–१९ को नयाँ प्रकार युएईमा पनि पछिल्लो समयमा देखा परेको युएईका स्वास्थ्य निकायहरूले जनाएका छन्। कोभिड–१९ को यो नयाँ स्वरूप अझ बढी संक्रामक रहेको बताइएको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै युएईमा रहेका नेपालीहरुलाई नेपाली दूताबासले त्यहाँकाे सरकारले अवलम्बन गरे बमोजिमकाे स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरेको छ।

 

अन्य सम्बन्धित समाचार:  मनकामनामा दर्शनार्थी बढ्दै