वर्तमान राजनीति इमानदारी र जनहितमा छैन: ज्ञानेन्द्र शाह

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीति इमानदारी र जनहितमा आधारित नभएको बताएका छन् । सोमबार पृथ्वीजयन्तीका अवसरमा शुभकामना दिँदै पुर्वराजा शाहले अहिले मुलुकले व्यहोरेको राजनीति इमान्दार र राष्ट्रकेन्द्रित नभएको बताएका हुन्।

अहिले देशले व्यहोरेको राजनीति क्षतिको समीक्षा गर्न विलम्ब भएको उनको भनाई छ। परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप देशमा भित्रिएको उनको आरोप छ। राजनीति भन्नु नै देशसेवाको उच्चतम साधन रहेको उनले उल्लेख गरेका छन्।

देश कसरी जोगाउने भन्ने विषयले आफू चिन्तित रहेको पउनले भन्दै उनले बरु, आफूले राजगद्दी त्यागेर उच्च साहस र इमानदारी दर्शाएको बताए। ‘यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ,’ उनले भनेका छन्, ‘देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरूले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादाअनुरूप व्यवहार भएको छ र राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमान्दारी पनि दर्शाएका छन्।

अन्य सम्बन्धित समाचार:  कोभिडविरुद्धको पहिलो खोप टेकु अस्पतालका डाक्टरले लगाउने

जनचाहनाअनुसार शाह वंशले निर्णय लिँदै आएको जिकिर गर्दै उनले अहिलेको व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन्।