कोरोना संक्रमणबाट कैलालीमा एक जनाको मृत्यु

कैलाली। कोरोना संक्रमणबाट कैलालीमा थप एक जनाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचारत धनगढी उपमहानगरपालिका ३ मिलन चोकका ८० वर्षीय वृद्धको आइतबार राती कोरोना सङ्क्रमणबाट मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

कडा निमोनिया र श्वास प्रश्वासबाट ग्रसित पुरुषको अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनी एक साता पहिले अस्पताल भर्ना भएका थिए।

योसँगै सेती प्रादेशिकको अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  दक्षिण कोरियामा नेपालीलाई कोरोनाको खोप निःशुल्क