काठमाडौं। नेपाली सेनाले ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाएको छ। २९९औं पृथ्वी जयन्तीको अवसरमा सेनाले जङ्गी अड्डास्थित पृथ्वी नारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेको नेपाली सेनाले जनाएको छ।
साथै सेनाले ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’ उद्घाटन समेत गरेको छ। प्रधान सेनापति महारथी पूर्ण चन्द्र थापाले अध्ययन केन्द्रको उद्घाटन गरेका छन्।