ट्रकको ठक्करबाट झापामा एक जनाको मृत्यु

काठमाडौं। ट्रकको ठक्करबाट झापामा एक जनाको मृत्यु भएको छ। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री दमक नगरपालिका-४ जनचेतना टोल बस्ने ३६ वर्षीय कृष्ण ओझाको मृत्यु भएको हो।

प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार दमक नगरपालिका ४ कृष्ण मन्दिर नजिकै आइतबार साँझ ट्रकले ठक्कर दिँदा साइकलमा सवार ओझा गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा विएण्डसी हस्पिटल बिर्तामोडमा सोमबार बिहान मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ क २८७७ नम्बरको ग्याँस बोकेको ट्रकले उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेको साइकल यात्री ओझालाई ठक्कर दिँदा उनी सडकमै लडेका थिए।

त्यसपछि सोही दिशाबाट आउँदै गरेको ना ४ ख १४४८ नम्बरको ट्रकले पुनः उनलाई ठक्कर दिएको थियो। प्रहरीले ठक्कर दिने दुवै ट्रकलाई नियन्त्रणमा लिएको छ।

अन्य सम्बन्धित समाचार:  दुई पक्षबीच झडप हुँदा गर्भवती महिला घाइते