काठमाडौं। सुनचाँदीको मूल्य घट्नेक्रम सोमबार पनि जारी रहेको छ। गत शुक्रबारको तुलनामा आइतबार एकैदिन तोलामा २ हजार ३०० रुपैयाँले ओरालो लागेको सुनको मूल्य सोमबार पुनः ८०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाला सुनको मूल्य तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ। हिजो आइतबार तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुनको मूल्य पनि तोलाको ९१ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो तोलाको ९२ हजार ५०० कायम भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा आइपुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको महासंघले जनाएको छ।